काठमाडौँ, वैशाख ५ । नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको २४ हजार ३४९ पटकको कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत घटेको छ।
Published Date: 18 April 2023