गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ५ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम (सुदूरपश्चिम) प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र वाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । साथै काठमाडौं लगायत देशका अधिकांश स्थानमा कुहिरो पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts