उच्च अदालत पाटनद्वारा सुकुम्बासी बस्तीमा डोजर प्रयोग नगर्न अन्तरिम आदेश जारी

उच्च अदालत पाटनद्वारा सुकुम्बासी बस्तीमा डोजर प्रयोग नगर्न अन्तरिम आदेश जारी : Icon Khabar

ललितपुर, वैशाख ५ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सम्बन्धित निकायको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले चैत १७ गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले दुवै पक्षलाई वैशाख १३ गते छलफलका लागि बोलाएको हो ।

अदालतले काठमाडौं महानगरपालिकाले चैत ११ गते विभिन्न नदी किनारमा रहेका बस्ती खाली गर्न जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अन्तरिम आदेश जारी भएसँगै बस्ती हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?