उच्च अदालत पाटनद्वारा सुकुम्बासी बस्तीमा डोजर प्रयोग नगर्न अन्तरिम आदेश जारी

उच्च अदालत पाटनद्वारा सुकुम्बासी बस्तीमा डोजर प्रयोग नगर्न अन्तरिम आदेश जारी : Icon Khabar

ललितपुर, वैशाख ५ । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सम्बन्धित निकायको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले चैत १७ गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले दुवै पक्षलाई वैशाख १३ गते छलफलका लागि बोलाएको हो ।

अदालतले काठमाडौं महानगरपालिकाले चैत ११ गते विभिन्न नदी किनारमा रहेका बस्ती खाली गर्न जारी गरेको सूचनालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अन्तरिम आदेश जारी भएसँगै बस्ती हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग