बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न

बिस्का: जात्राको आठौँ दिन, आज द्यो स्वगं बिएगु जात्रा सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख ४ । विश्व प्रसिद्व भक्तपुरको बिस्का जात्राको आठौं दिन सोमबार भक्तपुरमा द्यो स्वगं बिएगु जात्रा सम्पन्न भएको छ। देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार सगुनका रुपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।

 

सोमबार बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए।

यो पुजा प्राचिनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ । बिस्का जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पुजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाईएको छ ।

नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ ।

जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका आठसहित भैरव, गणेशलगायत ३३ गरी कुल ४१ वटा देवीदेवतालाई सगुन दिइन्छ ।

Published Date: 17 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग