नेपालमा सोमबार थप १०४ जनामा ​​कोभिड–१९ को सङ्क्रमण पुष्टि

नेपालमा सोमबार थप १०४ जनामा ​​कोभिड–१९ को सङ्क्रमण पुष्टि : Icon Khabar

काठमाडौं, वैशाख ४ । नेपालमा सोमबार थप १०४ जनामा ​​कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ६० जना निको भएका छन् ।

कोभिड–१९ का लागि एकै दिन एक हजार ६३२ स्वाब नमूना परीक्षण गरिएको थियो । तीमध्ये ६३ पीसीआर र ४१ एन्टिजेन परीक्षणमा भाइरस पोजेटिभ देखिएको हो ।

हाल देशभर कोभिड-१९ का ३७९ सक्रिय केसहरू छन्। तीमध्ये ३४ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा छन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज पनि लिन आग्रह गरेको छ।

Published Date: 17 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग