तारा एयरद्वारा मन्थलीदेखि लुक्लासम्म दैनिक एक दर्जन बढी उडान

तारा एयरद्वारा मन्थलीदेखि लुक्लासम्म दैनिक एक दर्जन बढी उडान : Icon Khabar

मन्थली, वैशाख ४ । पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म विभिन्न वायुसेवा कम्पनीले दैनिक चार दर्जनभन्दा बढी उडान भर्दै आएका छन् ।

यो सिजनमा तारा एयरको ट्विनअटर जहाजले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक १० देखि १५ उडान गर्दै आएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढेसँगै रामेछापको मन्थलीबाट लुक्ला उडान भर्दै आएको छ । यो विमानस्थलबाट तारा एयर, समिट र सीताको उडान पनि हुने गरेको छ ।

टिआएबाट लुक्लासम्म एउटा जहाजले दिनमा दुईदेखि तीन उडान मात्र गर्न पाएको थियो । तर, मन्थलीबाट लुक्ला उडान सुरु गरेपछि एउटै जहाजले दैनिक आठदेखि दश उडान गर्न थालेको छ ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ताराको सोही जहाजले मन्थलीदेखि लुक्लासम्म दैनिक पाँचदेखि आठ उडान गर्दै आएको छ । रामेछापको मन्थली विमानस्थलमा हाल ताराका दुईवटा जहाज छन् ।

‘विदेशी पर्यटकलाई बिहान गाडी चढेर काठमाडौंबाट मन्थली आउन र सोही दिन मन्थलीबाट लुक्लासम्मको विमान चढ्न सहज भएको छ,’ उनले भने ।

तारा एयरले मन्थलीदेखि लुक्ला मात्र नभई रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायत दुर्गम क्षेत्रबाट पोखरादेखि जोमसोम र नेपालगन्जसम्म पनि उडान सेवा प्रदान गर्दै आएको छ ।

Published Date: 17 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी