तारा एयरद्वारा मन्थलीदेखि लुक्लासम्म दैनिक एक दर्जन बढी उडान

तारा एयरद्वारा मन्थलीदेखि लुक्लासम्म दैनिक एक दर्जन बढी उडान : Icon Khabar

मन्थली, वैशाख ४ । पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म विभिन्न वायुसेवा कम्पनीले दैनिक चार दर्जनभन्दा बढी उडान भर्दै आएका छन् ।

यो सिजनमा तारा एयरको ट्विनअटर जहाजले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक १० देखि १५ उडान गर्दै आएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढेसँगै रामेछापको मन्थलीबाट लुक्ला उडान भर्दै आएको छ । यो विमानस्थलबाट तारा एयर, समिट र सीताको उडान पनि हुने गरेको छ ।

टिआएबाट लुक्लासम्म एउटा जहाजले दिनमा दुईदेखि तीन उडान मात्र गर्न पाएको थियो । तर, मन्थलीबाट लुक्ला उडान सुरु गरेपछि एउटै जहाजले दैनिक आठदेखि दश उडान गर्न थालेको छ ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ताराको सोही जहाजले मन्थलीदेखि लुक्लासम्म दैनिक पाँचदेखि आठ उडान गर्दै आएको छ । रामेछापको मन्थली विमानस्थलमा हाल ताराका दुईवटा जहाज छन् ।

‘विदेशी पर्यटकलाई बिहान गाडी चढेर काठमाडौंबाट मन्थली आउन र सोही दिन मन्थलीबाट लुक्लासम्मको विमान चढ्न सहज भएको छ,’ उनले भने ।

तारा एयरले मन्थलीदेखि लुक्ला मात्र नभई रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायत दुर्गम क्षेत्रबाट पोखरादेखि जोमसोम र नेपालगन्जसम्म पनि उडान सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts