सर्वोच्च शिखर सगरमाथामा मानिसले आरोहण गरेको ७० वर्ष पूरा

नेपालमा प्लाटिनम जुबली समारोह आयोजना हुँदै

सर्वोच्च शिखर सगरमाथामा मानिसले आरोहण गरेको ७० वर्ष पूरा : Icon Khabar

काठमाडौं, वैशाख ३ । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानिसले आरोहण गरेको ७० वर्ष पूरा भएको छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ मा सगरमाथाको चुचुरो आरोहण गरेका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइलाको सम्झनामा नेपालमा प्लाटिनम जुबली समारोह आयोजना हुँदैछ । नेपाल पर्वतारोहण संघले आगामी जेठ १५ गते भव्यताका साथ मनाइने जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ, होटल एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाललगायतका प्रतिनिधि छन् ।

कार्यक्रमलाई सफलतापूर्वक अवलोकन गर्न तयारी सुरु भएको छ । तयारीका लागि क्यालेन्डर समेत तय भइसकेको एनएमएका मोहन लम्सालले बताए । ‘प्लैटिनम जुबली उत्सवलाई भव्यताका साथ मनाउन विदेशी पाहुनालाई आमन्त्रण गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘सगरमाथा सगरमाथाको आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई आमन्त्रण गरी सम्मान गरिने छ ।

सोलुखुम्बुको खुम्जुङमा जेठ १५ गते विशेष कार्यक्रम आयोजना गरिने संघका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाले जानकारी दिए ।

खुम्जुङमा औपचारिक कार्यक्रम सकिएपछि काठमाडौंमा पनि छुट्टै कार्यक्रम गरिने भएको छ । आरोहीहरुको सम्मानमा र्‍याली र भोजको आयोजना गरिनेछ ।

यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चासोका साथ कभर गर्ने भएकाले प्लाटिनम जुबली उत्सवले नेपालको पर्यटनमा नयाँ लहर ल्याउने शेर्पाको विश्वास छ ।

नेपाल सगरमाथासहित ८ हजार मिटरभन्दा बढी उचाइका आठ चुचुराहरूको घर हो। हालसम्म सगरमाथाको चुचुरोमा स्वदेशी र विदेशी गरी करिब सात हजार मानिस पुगिसकेका छन् ।

आरोहीहरूबीच रेकर्ड राख्ने प्रतिस्पर्धा पनि छ । कमरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरिसकेकी छन् ।

Published Date: 16 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी