नेपालको विद्युत उत्पादन २,६८९.८३ मेगावाट, यो आर्थिक वर्षको अन्त्यसम्ममा २,८०० मेगावाट क्षमता पार गर्ने

नेपालको विद्युत उत्पादन २,६८९.८३ मेगावाट, यो आर्थिक वर्षको अन्त्यसम्ममा २,८०० मेगावाट क्षमता पार गर्ने : Icon Khabar

काठमाडौं, वैशाख ३ । निजी क्षेत्रका विद्युत् उत्पादकले विगत एक वर्षमा राष्ट्रिय ग्रिडमा थप ५ सय ५२ मेगावाट विद्युत् उपलब्ध गराएको छ ।

नेपाल विद्युत् प्राधिकरणको अभिलेखले २०७९ वैशाख देखि चैतसम्म जलविद्युत र सौर्य प्लान्ट गरि एक वर्षमा निजी क्षेत्रबाट सञ्चालित ३२ वटा विद्युत् आयोजनाबाट जलविद्युत र सौर्य प्लान्ट गरि कुल ५५२.११९ मेगावाट विद्युत् आपूर्ति भएको देखाएको छ ।

निजी क्षेत्रबाट उत्पादित विद्युतमध्ये २८ जलविद्युत् आयोजनाबाट ५२३.३१९ मेगावाट र चारवटा सोलार प्लान्टबाट २८.८ मेगावाट विद्युत उत्पादन भएको थियो ।

प्राधिकरणका अनुसार ८६ मेगावाटको सोलु–दुधकोशी यस अवधिमा अनलाइन आएको सबैभन्दा ठूलो निजी क्षेत्रको लगानीको आयोजना हो ।

त्यसैगरी १५७.४७० मेगावाट क्षमताका नौ आयोजना परीक्षण उत्पादनको चरणमा छन् । जसमा १८.८ मेगावाट क्षमताका तीन सोलार प्लान्ट र १३८.६७ मेगावाटका छवटा जलविद्युत प्लान्ट रहेका छन् ।

थपिएको रकमसँगै नेपालको कुल विद्युत् स्थापना क्षमता २५३२.३६ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणले ६६१ दशमलव ३४ मेगावाट र यसका सहायक कम्पनीको ४ सय ७८ दशमलव १० मेगावाट र निजी कम्पनीको उत्पादन १ हजार ३९२ दशमलव ९२ मेगावाट रहेको छ । पावर प्लान्टको परीक्षण उत्पादन सहित देशको कुल विद्युत उत्पादन २ हजार ६ सय ८९ दशमलव ८३ मेगावाट रहेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा थप १२४ दशमलव ६९८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने प्रक्षेपण गरेको छ । उत्पादन पूरा भएमा मुलुकमा कुल स्थापना क्षमता २ हजार ८१४ दशमलव ५२५ मेगावाट हुनेछ ।

अनुमान अनुसार ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए, १४.३ मेगावाटको माथिल्लो मालुन, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ३.२ मेगावाटको गेलुङ र ४.८ मेगावाटको खोरुङ्गा खोला जलविद्युत आयोजना चालु आर्थिक वर्षको अन्त्यसम्ममा अनलाईन हुनेछन् । त्यसैगरी ०.९७५ मेगावाटका इदी खोला, १०.३ मेगावाट डाउन पिलुवा, ३३.४ मेगावाटका लिखु–२, ४.७ मेगावाटका माथिल्लो चिरखुवा र ५.८ मेगावाटका माथिल्लो फवा आयोजनाले पनि यही अवधिमा उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी ८ मेगावाटको दुहवी सोलार, १० मेगावाटको बाकी ब्लक सोलार–१ र ८ मेगावाटको भृकुटी पीभी सोलार आयोजनाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा उत्पादन गर्ने अनुमान गरिएको छ ।

Published Date: 16 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु