बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं, चैत २८ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ३६औं मिनेटमा राफिन्हाको प्रहारमा पनि गोलरक्षक नै बाधक बने । लगत्तै ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने ।

५६औं मिनेटमा जिरोनाले अग्रता लिन सुवर्ण अवसर खेर फाल्यो । कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्ज्युरी समयमा बार्सिलोनाले दुई अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ ।

बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ ।

Published Date: 11 April 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली