बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो : Icon Khabar

काठमाडौं, चैत २८ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ३६औं मिनेटमा राफिन्हाको प्रहारमा पनि गोलरक्षक नै बाधक बने । लगत्तै ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने ।

५६औं मिनेटमा जिरोनाले अग्रता लिन सुवर्ण अवसर खेर फाल्यो । कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्ज्युरी समयमा बार्सिलोनाले दुई अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ ।

बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2023
Website | + posts