लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता

लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता : Icon Khabar

काठमाडौँ, चैत २७ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो । कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १,२०० भन्दा बढी हितैषिको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)