भक्तपुर घरेलु तथा साना उद्योग संघमा बिस्का: जात्रा तथा नव बर्षको शुभकामना आदान प्रदान सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघमा बिस्का: जात्रा तथा नव बर्षको शुभकामना आदान प्रदान सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा बिस्का: जात्रा तथा नव बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।

सोहि अवसरमा संघको भितेपात्रो र भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्थाद्धारा प्रकाशित भितेपात्रोको विमोचन साथै मध्यपुर थिमी नगरपालिकाको लागत साझेदारीमा संचालन भएको १५ दिने क्रिस्टलको गहना बनाउने तालिमको समापन एव प्रमाण पत्र वितरण कार्यक्रम पनि सम्पन्न भएको हो ।

मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख श्री विजयकृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन भएको सो कार्यक्रममा उप प्रमुख श्रेष्ठले भक्तपुर नगरपालिका जस्तै मध्यपुर पनि कला सस्कृति तथा ऐतिहासिक धरोहरमा धनी भएतापनि प्रचार प्रसारको अभावमा आझेलमा परेको र मध्यपुरमा पनि धेरै लघु घरेलु तथा साना उद्योगहरु संचालनमा रहेको हुँदा ती उद्योग व्यवशायलाई जिवन्तता दिन आगामी नगरपालिकाको निति तथा कार्यक्रम राखिन लागेको जानकारी गराए।

साथै मध्यपुर थिमीवासीहरुको आय आर्जन बृद्धिको लागि विभिन्न तालिमहरु प्रदान गरेको बताउँदै यसै सन्दर्भमा भक्तपुर घरेलु तथा साना उद्योग संघसँगको सहकार्यमा क्रिस्टलको तालिम प्रदान गरेको जानकारी गराउँदै सिकेको ज्ञानलाई व्यवसायमा रुपान्तर गर्न अनुरोध गरे ।

सो कार्यक्रममा संघका संस्थापक सदस्य एव संघका पुर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठले विगतदेखि संघले गरेको योगदानको चर्चा गर्नुहुँदै हरेक काम निस्वार्थ रुपमा गरे सफलता प्राप्त हुने र घरेलु तथा साना उद्योग संघ यहाँ सम्म आईपुग्नुमा संघमा आवद्ध साथीहरुको एकरुपता मिहेनत र पारदर्शिता रहेको जानकारी गराए ।

उनले विभिन्न समुदायहरुले घरमा तयार गरीने ऐला रक्सीलाई पनि बैधिनिकता दिन त्यसको गुणस्तर मापन बनाउन सवै क्षेत्रबाट लाग्नु पर्ने बताए।

कार्यक्रममा संघका निवर्तामान अध्यक्ष विरेन्द्र जतिले देशको मेरुदण्दको रुपमा रहेको यस्ता लघु ,घरेलु तथा साना उद्योगलाई जिवन्तता दिन सरकार स्थानीय नियकाले उदासिन्ता देखाएको गुनासो गर्दै लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन एव वजारीकरणको लागि विभिन्न मेला प्रदर्शनीहरुको आयोजना गर्नुपर्ने तथा त्यस्ता मेला प्रदर्शनीहरुलाई स्थानीय निकाय मार्फत सहभागी गराउनु पर्ने बताए।

संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले स्वागत मन्तव्य दिदै संघले विभिन्न निकायहरुसँगको सहकार्यमा तालिम गोष्ठी प्रदर्शनीहरु संचालन गरिरहेको बताउदै सबैले उद्योग व्यवसाय संचालन गर्दा सम्बन्धित निकायमा बैंधानिक रुपमा दर्ता गरी संचालन गर्ने अनुरोध गरे ।

त्यसैगरी संघका पुर्व अध्यक्ष एव भक्तपुर घरेलु साकोसका अध्यक्ष लक्ष्मण ग्वाछाले व्यवसाय संचालन गर्दा विभिन्न बाधा व्यवधानहरु आई परेपनि त्यसलाई डटेर सामना गरी अगाडी जानुपर्ने र व्यापार व्यवशाय संचालन गर्दा लहृ लहैमा नभई गहिरो अध्ययन गरीमात्र लाग्न सुझाव दिदै व्यवसाय संचालन गर्दा आउन सकिने आर्थिक समस्यालाई निराकरण गर्ने भक्तपुर घरेलु साकोस सहयात्री बन्न सक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रेष्ठले घरेलु उद्यमीहरुको संरक्षण एव प्रवर्द्धन गर्न सरकारले सकारात्मक भुमिका निर्वाह गर्दे पर्ने बताए । कार्यक्रममा १५ दिने क्रिस्टलका गहना बनाउने तालिममा सहभागी प्रशिक्षार्थीहलाई प्रमुख अतिथि श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2023
Website | + posts