अर्थमन्त्री डा. महतसँग गैरआवासीय नेपालीको भेट

अर्थमन्त्री डा. महतसँग गैरआवासीय नेपालीको भेट : Icon Khabar

काठमाडौं चैत्र २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए ।

आज शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री डा. महतलाई सुनाएका थिए । ज्ञापनपत्र वाचनपछि तीनैजना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा. महतलाई बुझाएका थिए ।

एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राखेका थिए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यवहारिक कठिनाइ भएको बताए ।

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’ लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए ।

भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो ।

Published Date: 07 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर