राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ : नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक खरेल

राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ : नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक खरेल : Icon Khabar

काठमाडौं चैत्र २४ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताए । राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै खरेलले १ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी दुई सय भइसकेको उनले बताए । विकास बैंक, लघुवित्त भन्दा सहकारी ठूलो भइसकेको उनको भनाई छ ।

‘सहकारीको सुधारमा हाम्रो चासो छ । बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ । त्यो तरिकाले स्वीम भइरहेको छ । सहकारीलाई ध्यान दिइरहेका हुन्छौं’ उनले भने ।

‘तरलता (तत्काल नगदमा परिणत गर्ने) नभई लगानी योग्य साधानका रुपमा बुझ्ने गरिन्छ’,उनले भने ‘भनेको समयमानिक्षेप नआउने र कर्जा असुलीनहुने समस्या आउने गरेको छ ।’

‘अर्को संस्थामा समस्या आउँदा पनि फिर्ता गर्ने क्रम बढ्ने गरेको छ’उनले भने,‘समग्र वित्तीय प्रणालीमा तरलता कमहुँदा सहकारीमा पनि प्रभाव परेको हो ।’

बैंकमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने उनले बताए । तत्काल रिटन नदिने घरजग्गा र सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्या आएको उनले जनाए ।

‘राज्यले सहकारीलाई सहुलियतकर्जा दिनुपर्छ’ उनले भने,’सहकारी स्वनियमन नहुँदा मात्रै समस्या आउने होइन, राज्यले पनि सहयोग गर्नुपर्छ ।’ तरलतामा सहयोग गर्ने निकाय नहुँदा जतिबेला पनि तरलता अभाव हुन सक्ने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाका लागि एकद्धार प्रणाली लागू भएकाले समस्या नआउने गरेको भन्दै कार्यकारी निर्देशक खरेलले सहकारीलाई पनि यस्तै व्यवस्था आवश्यक भएकोे बताए । खराब कर्जा ५ प्रतिशत भन्दा कम हुन नहुने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको उनले बताए । सहकारीमा डाटा नहुँदा वास्तविक ततथ्याङ्क आउन नसकेको उनको भनाइ छ ।

स्थिरीकरण कोषमा ११ करोड जम्मा भएपनि त्यो प्रयाप्त नभएकाले कार्यान्वयनमा समस्या भएको बताए । बैंक तथा वितीय संस्थाले जस्तै सहकारीले अन्तर सहकारी कारोवार गर्न नपाउनु समस्या भएको उनले बताए ।

‘सहकारीले मापदण्ड पूरा गर्नुपर्ने, तरलता सहयोग गर्ने ठाउँ चाहिने र वैधानिक रुपमा अर्को सहकारी बाट सापटी लिन पाउने व्यवस्था हुनुपर्छ’ उनले भने ।

३ वर्षदेखि संख्या तथा कारोबारको तथ्यांक लिन नसक्नु दुःखद भएको उनको भनाई छ । ‘सहकारीलाई जतिसुकै खम्बेका कुरा गरे पनि विवरण यकिन गर्न सक्नुपर्छ’ उनले भने ।

सहकारीमा स्वनियमनमा नपुग्ने भन्दै सहकारी बैंकको क्षमता बढाउनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डलाई सुपरिवेक्षणको जिम्मेवारी दिने अथवा छुट्टै सेकेन्ड टायर इन्स्टिचीयुसन गठन गर्न आवश्यक भइसकेको उनले बताए । ‘राम्रा संस्थामात्रै स्थिरीकरणमा जाने नभई धेरै संस्थाले सेवा पाउने गरी पुर्नसंरचना गर्नुपर्छ’ उनले भने ।

सहकारीले बचत र असुलीको भरपर्दो माध्यम बनाउन नसके वित्तीय जोखिम बढ्ने उनको भनाइ छ । ‘सहकारीमा सिआरआर (कर्जा निक्षेप अनुपात) अनिवार्य व्यवस्था गर्नुपर्छ’उनले भने । सहकारीलाई ऋणपत्रमा पनि लगानीगर्ने व्यवस्था गर्न आवश्यक भइसकेको उनले बताए ।
स्वनियमन, नियमनकारी निकाय कार्यान्वयन नहुँदा सहकारीमा समस्या आएको उनको भनाइ छ ।

नेकपा एमाले सहकारी विभागका कमलचौ लागाईले नेफ्स्कून र बैंकमा लगानी योग्य पैसा नभएको र राज्यले सहुलियत ऋण नदिदाँ सहकारीलाई तरलता व्यवस्थापनमा समस्या भएको बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईले सहकारीमा तरलता संकट र खराब कर्जा बढ्न नदिन शिक्षामा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सीप, ज्ञान, शिक्षामा नभई आफ्नै ढंगले काम गर्दा तरलता अभाव आएको उनको भनाइ छ । ‘अविश्वासका कारण निक्षेप झिकिएको छ,’ उनले भने,‘कोभिडका समयमा सहकारीमा राम्रै पैसा आयो तर त्यसको होल्डिङ पिरेड हिसाब नगरी लगानी गरेकाले तरलतामा समस्या आयो ।’

सहकारी अभिभावक विहिन हुँदापनि समस्यामा फसेकोउनले बताए । ‘बैंक तथा वित्तीय संस्थामा समस्या आउँदा राष्ट्र बैंकले बैंक तथा वितीय संस्थालाई नीतिगत रुपमा गत भदौमा नै व्यवस्था गरे भएपनि सहकारीमा भने त्यो विषयमा कसैले नबोलको उनले बताए । सहकारीकर्मीमा क्षमता अभावका कारण धमाधम लगानी गरियो’, उनले भने,’ कानुन पालना नहुँदा पनि समस्या भयो।’
‘कानुन हुनु, कार्यान्वयन नहुनु सहकारीमा संरचनागत समस्या छ ।’ उनलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2023
Website | + posts