परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्री छिनबीच बेइजिङमा भेटवार्ता

परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्री छिनबीच बेइजिङमा भेटवार्ता : Icon Khabar

काठमाडौं, चैत २३ । परराष्ट्र सचिव भरतराज पौड्यालले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन ग्याङसँग बिहीबार बेइजिङस्थित परराष्ट्रमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–चीनबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र सहयोगलाई सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त चिनियाँ विदेशमन्त्री छिनसँग भेट गर्ने परराष्ट्र सचिव पौडेल पहिलो नेपाली अधिकारी हुन् ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, नेपाल र चीन दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा बेइजिङस्थित नेपाली राजदूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव पौडेल बुधबार बेइजिङ पुगेका हुन् ।

Published Date: 06 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी