परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्री छिनबीच बेइजिङमा भेटवार्ता

परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्री छिनबीच बेइजिङमा भेटवार्ता : Icon Khabar

काठमाडौं, चैत २३ । परराष्ट्र सचिव भरतराज पौड्यालले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन ग्याङसँग बिहीबार बेइजिङस्थित परराष्ट्रमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–चीनबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र सहयोगलाई सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त चिनियाँ विदेशमन्त्री छिनसँग भेट गर्ने परराष्ट्र सचिव पौडेल पहिलो नेपाली अधिकारी हुन् ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, नेपाल र चीन दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा बेइजिङस्थित नेपाली राजदूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव पौडेल बुधबार बेइजिङ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण