आर्मीमाथि थ्री स्टारको जित

आर्मीमाथि थ्री स्टारको जित : Icon Khabar

काठमाडौँ, चैत २३ । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । थ्री स्टारले आर्मीमाथि १–० को जित निकालेको हो । च्यासल रंगशालामा बिहीबार भएको खेलमा थ्री स्टारको जितमा पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो ।

उनले १७औं मिनेटमा कप्तान विक्रम लामाको थ्रु बलमा अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको स्थितिमा सुन्दर फिनिस गर्न सफल भएका थिए ।

जारी लिगमा उनको यो चौथो गोल हो । उनी सर्वाधिक गोलकर्ताको दौडमा सातदोबाटोका दीपक राज सिंह ठकुरी भन्दा एक गोलले पछि छ।

एक गोलको अग्रता लिएको थ्री स्टारले त्यसलाई जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो । थ्री स्टारकाे याे तेस्राे जित हाे । यता, एक गोलले पछि परेको आर्मीले थ्री स्टारलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा यो सिजन लिगमा दोस्रो हार बेहोर्न पुग्यो ।

यस जितसँगै थ्री स्टार ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण