आर्मीमाथि थ्री स्टारको जित

आर्मीमाथि थ्री स्टारको जित : Icon Khabar

काठमाडौँ, चैत २३ । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । थ्री स्टारले आर्मीमाथि १–० को जित निकालेको हो । च्यासल रंगशालामा बिहीबार भएको खेलमा थ्री स्टारको जितमा पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो ।

उनले १७औं मिनेटमा कप्तान विक्रम लामाको थ्रु बलमा अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको स्थितिमा सुन्दर फिनिस गर्न सफल भएका थिए ।

जारी लिगमा उनको यो चौथो गोल हो । उनी सर्वाधिक गोलकर्ताको दौडमा सातदोबाटोका दीपक राज सिंह ठकुरी भन्दा एक गोलले पछि छ।

एक गोलको अग्रता लिएको थ्री स्टारले त्यसलाई जोगाउँदै महत्वपूर्ण जित निकाल्न सफल भयो । थ्री स्टारकाे याे तेस्राे जित हाे । यता, एक गोलले पछि परेको आर्मीले थ्री स्टारलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा यो सिजन लिगमा दोस्रो हार बेहोर्न पुग्यो ।

यस जितसँगै थ्री स्टार ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग