बजाज ब्राण्डको नेपालमा रजत यात्रा, ८ लाख युनिट बाइक बिक्री

बजाज ब्राण्डको नेपालमा रजत यात्रा, ८ लाख युनिट बाइक बिक्री : Icon Khabar

काठमाडौँ, चैत २३ । नेपालमा बजाज मोटरसाइकल ब्राण्ड भित्रिएको २५ बर्षमा बजाजले ८ लाख युनिट बाइक बिक्री गरेको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारीक वितरक गोल्छा समुह अन्तर्गतको हंशराज हुलासले २५ बर्षमा ८ लाख युनिट बाइक बिक्री गरेको बताएको हो ।

गोल्छा अर्गनाइजेसका निर्देशक तथा अभिमन्यु गोल्छाले बजाजले २५ वर्षको अवधिमा नेपाली बजारमा मात्र ८ लाख युनिट बजाजको बाइक बिक्री गरेको जानकारी दिए ।

डिलरसम्मान कार्यक्रममा बोल्दै उनले भने ‘‘हामीले यो अवधिमा ८ लाख युनिट बाइक बिक्री गर्न सफल भएका छौं, अहिले हामीसँग ८ लाख ग्राहकहरु पुगेका छन ।” उनले यो यात्रा ५० बर्षसम्म पुग्ने बिश्वास गरेको दाबी गरे ।

बजाजले बुधबार बजाज मोटरसाइकल ब्रान्ड नेपाल भित्रिएको २५ बर्ष पुगेको अवसरमा आफ्ना डिलरहरुलाई सम्मान समेत गरेको छ ।

हाल बजाजसँग नेपालभर तीनसय डिलर र तीनसय भन्दा धेरै वर्कशपहरु रहेको गोल्छाको भनाई छ । उनका अनुसार संसारको सबैभन्दा उच्च हिमाली क्षेत्र मुस्ताङमा पनि बजाजको शोरुम पुगेको छ । नेपालमा बजाजको बाइक सन् १९९८ मा भित्रिएको थियो।

कम्पनीका अनुसार सन् २००१ नोभेम्बरमा १५० र १८० सीसी नेपाल भित्र्याएपछि बजाज नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल बनेको थियो। बजाजले अहिले डीटीएसआइ, एलएस, एएस, एनएस, एन, आरएस र एफ सिरिजमा २५० सीसी, डोमिनार लगाएका मोडल बिक्री गर्दै आएको छ ।

नेपालमा पछिल्लो समय पल्सर २२० एफ, १५० सीसी र एनसएस २०० सर्वाधिक बिक्री हुँदै आएको छ । कम्पनीले ६ महिनाभित्र बजाजको विद्युतीय स्कुटर समेत ल्याउने तयारी गरिरहेको छ ।

गोल्छा समुहले नेपालमा हाल एसेम्बल मोटरसाइकल पनि उत्पादन गर्दै आएको छ । एसेम्बल प्लाटमा गोल्छा समुहले तीन सय जना भन्दा बढीलाई रोजगारी दिएको छ ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग