बजाज ब्राण्डको नेपालमा रजत यात्रा, ८ लाख युनिट बाइक बिक्री

बजाज ब्राण्डको नेपालमा रजत यात्रा, ८ लाख युनिट बाइक बिक्री : Icon Khabar

काठमाडौँ, चैत २३ । नेपालमा बजाज मोटरसाइकल ब्राण्ड भित्रिएको २५ बर्षमा बजाजले ८ लाख युनिट बाइक बिक्री गरेको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारीक वितरक गोल्छा समुह अन्तर्गतको हंशराज हुलासले २५ बर्षमा ८ लाख युनिट बाइक बिक्री गरेको बताएको हो ।

गोल्छा अर्गनाइजेसका निर्देशक तथा अभिमन्यु गोल्छाले बजाजले २५ वर्षको अवधिमा नेपाली बजारमा मात्र ८ लाख युनिट बजाजको बाइक बिक्री गरेको जानकारी दिए ।

डिलरसम्मान कार्यक्रममा बोल्दै उनले भने ‘‘हामीले यो अवधिमा ८ लाख युनिट बाइक बिक्री गर्न सफल भएका छौं, अहिले हामीसँग ८ लाख ग्राहकहरु पुगेका छन ।” उनले यो यात्रा ५० बर्षसम्म पुग्ने बिश्वास गरेको दाबी गरे ।

बजाजले बुधबार बजाज मोटरसाइकल ब्रान्ड नेपाल भित्रिएको २५ बर्ष पुगेको अवसरमा आफ्ना डिलरहरुलाई सम्मान समेत गरेको छ ।

हाल बजाजसँग नेपालभर तीनसय डिलर र तीनसय भन्दा धेरै वर्कशपहरु रहेको गोल्छाको भनाई छ । उनका अनुसार संसारको सबैभन्दा उच्च हिमाली क्षेत्र मुस्ताङमा पनि बजाजको शोरुम पुगेको छ । नेपालमा बजाजको बाइक सन् १९९८ मा भित्रिएको थियो।

कम्पनीका अनुसार सन् २००१ नोभेम्बरमा १५० र १८० सीसी नेपाल भित्र्याएपछि बजाज नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल बनेको थियो। बजाजले अहिले डीटीएसआइ, एलएस, एएस, एनएस, एन, आरएस र एफ सिरिजमा २५० सीसी, डोमिनार लगाएका मोडल बिक्री गर्दै आएको छ ।

नेपालमा पछिल्लो समय पल्सर २२० एफ, १५० सीसी र एनसएस २०० सर्वाधिक बिक्री हुँदै आएको छ । कम्पनीले ६ महिनाभित्र बजाजको विद्युतीय स्कुटर समेत ल्याउने तयारी गरिरहेको छ ।

गोल्छा समुहले नेपालमा हाल एसेम्बल मोटरसाइकल पनि उत्पादन गर्दै आएको छ । एसेम्बल प्लाटमा गोल्छा समुहले तीन सय जना भन्दा बढीलाई रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू