बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २३ । बिहिबार नेप्से परिसूचक ८.२८ अंक घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ इण्डेक्स ०.३९ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २६९ स्टकको २३ हजार ३८८ पटकको कारोबारमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 06 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु