बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २३ । बिहिबार नेप्से परिसूचक ८.२८ अंक घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ इण्डेक्स ०.३९ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २६९ स्टकको २३ हजार ३८८ पटकको कारोबारमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts