जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम राख्न प्रधानमन्त्री दाहाललाई दबाब

जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम राख्न प्रधानमन्त्री दाहाललाई दबाब : Icon Khabar

काठमाडौँ, चैत २३ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा आबद्ध विभिन्न भ्रातृ संगठनले जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जस्ता जातीय संगठनका पदाधिकारीसहितको प्रतिनिधिमण्डल बालुवाटार पुगेर कोशी प्रदेशको नाम परिवर्तन गर्न ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश नामाकरणपछि उत्पन्न भएको अवस्थालाई वार्ताबाटै समाधान गरी आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न भातृ संगठनले माग गरेका छन् ।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष प्रेम मिवाकले जातीय पहिचानका आधारमा प्रदेशको नाम परिवर्तन गर्न सहजीकरण गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न पार्टीले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताए ।

यसअघि प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सबै सांसदले कोशीको नामको पक्षमा मतदान गरेका थिए । तर, बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले प्रदेशको नामलाई आधार मानेर जातीय पहिचानको पक्षमा उभिने निर्णय गरेको हो ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग