जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम राख्न प्रधानमन्त्री दाहाललाई दबाब

जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम राख्न प्रधानमन्त्री दाहाललाई दबाब : Icon Khabar

काठमाडौँ, चैत २३ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा आबद्ध विभिन्न भ्रातृ संगठनले जातीय पहिचानका आधारमा कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जस्ता जातीय संगठनका पदाधिकारीसहितको प्रतिनिधिमण्डल बालुवाटार पुगेर कोशी प्रदेशको नाम परिवर्तन गर्न ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश नामाकरणपछि उत्पन्न भएको अवस्थालाई वार्ताबाटै समाधान गरी आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न भातृ संगठनले माग गरेका छन् ।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष प्रेम मिवाकले जातीय पहिचानका आधारमा प्रदेशको नाम परिवर्तन गर्न सहजीकरण गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न पार्टीले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताए ।

यसअघि प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सबै सांसदले कोशीको नामको पक्षमा मतदान गरेका थिए । तर, बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले प्रदेशको नामलाई आधार मानेर जातीय पहिचानको पक्षमा उभिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल