एसइई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी मोरङबाट पक्राउ

एसइई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी मोरङबाट पक्राउ : Icon Khabar

मोरङ, चैत २३ । मोरङ जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा सयभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षा अनुगमन टोलीले आज विभिन्न परीक्षा केन्द्रबाट अरुको परीक्षा दिने ११६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रन्थाम र हरैंचास्थित परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठगी गर्नेमाथि अनुसन्धान भइरहेको उनले बताए ।

एसपी पोखरेलका अनुसार सरस्वती मावि ग्रन्थामबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैंचाबाट २० जनालाई पक्राउ गरिएको छ । एसपी पोखरेलले नक्कली परीक्षार्थीमाथि आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट