एसइई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी मोरङबाट पक्राउ

एसइई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी मोरङबाट पक्राउ : Icon Khabar

मोरङ, चैत २३ । मोरङ जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा सयभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षा अनुगमन टोलीले आज विभिन्न परीक्षा केन्द्रबाट अरुको परीक्षा दिने ११६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रन्थाम र हरैंचास्थित परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठगी गर्नेमाथि अनुसन्धान भइरहेको उनले बताए ।

एसपी पोखरेलका अनुसार सरस्वती मावि ग्रन्थामबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैंचाबाट २० जनालाई पक्राउ गरिएको छ । एसपी पोखरेलले नक्कली परीक्षार्थीमाथि आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग