‘कोभिड -१९ को नयाँ संस्करण कम घातक तर बढी संक्रामक’

‘कोभिड  -१९  को नयाँ संस्करण कम घातक तर बढी संक्रामक’ : Icon Khabar

काठमाडौं, चैत २३ । नेपालमा पहिलो पटक फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबीबी १.१६’ थप संक्रामक भएको बताइएको छ ।

नयाँ संस्करण तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यवाहक निर्देशक डा हेमन्त ओझाले बताए। नयाँ भेरियन्टले लामो समयदेखि बिरामी भएका मानिसहरू, रोगसँग लड्न कम प्रतिरोधी क्षमता भएका र वृद्धवृद्धाहरूलाई थप समस्या ल्याउन सक्छ।

कोभिड–१९ को पछिल्लो संस्करण छिट्टै फैलिने भएकाले सचेत रहन डाक्टरहरूले मानिसहरूलाई आग्रह गरेका छन्। नयाँ संस्करणमा सङ्क्रमित भएकामध्ये हालसम्म चारजना अस्पताल भर्ना भएकामध्ये तीनजना घर फर्किएका र एक जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनिषा रावलले बताइन् ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबीबी १.१६’ बोक्ने मानिसहरूमा नाक बग्ने, ज्वरो आउने, घाँटी दुख्ने, पेट दुख्ने र भोक नलाग्ने जस्ता लक्षणहरू देखिने गरेको पाइन्छ।

Published Date: 06 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु