अल नासरको जितमा रोनाल्डोको दुई गोल

अल नासरको जितमा रोनाल्डोको दुई गोल : Icon Khabar

काठमाडौं, चैत २२। साउदी प्रिमियर लिगमा अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । अल नासरले घरेलु अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

अल नासरको जितमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले समान दुई गोल गर्दा एमन अहमेदले एक गोल थपे ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा मंगलबार राति भएको एकपक्षीय खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा रोनाल्डोले टालिस्काको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए ।

७८औं मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अल नासर ४–० को अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई फराकिलो जित दिलाए ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल इतिहाद ५३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल एडालाह १७ अंक जोडेर १४औं स्थानमा छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने