अल नासरको जितमा रोनाल्डोको दुई गोल

अल नासरको जितमा रोनाल्डोको दुई गोल : Icon Khabar

काठमाडौं, चैत २२। साउदी प्रिमियर लिगमा अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । अल नासरले घरेलु अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

अल नासरको जितमा पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले समान दुई गोल गर्दा एमन अहमेदले एक गोल थपे ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा मंगलबार राति भएको एकपक्षीय खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा रोनाल्डोले टालिस्काको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए ।

७८औं मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अल नासर ४–० को अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई फराकिलो जित दिलाए ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल इतिहाद ५३ अंक जोडेर शीर्षस्थानमा छ । पराजित अल एडालाह १७ अंक जोडेर १४औं स्थानमा छ । –एजेन्सी

Published Date: 05 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु