निर्वाचन आयोगद्वारा उपनिर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान

निर्वाचन आयोगद्वारा उपनिर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान : Icon Khabar

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पर्यवेक्षणका लागि निवेदन आह्वान गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै चितवन, बारा र तनहुँमा हुन लागेको उपनिर्वाचन पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थासँग आवश्यक कागजातसहित निवेदन आह्वान गरेको हो ।

निर्वाचन पर्यवेक्षण निर्देशन–२०७९ को अनुसूची–२ अनुसार सात दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग