निर्वाचन आयोगद्वारा उपनिर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान

निर्वाचन आयोगद्वारा उपनिर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान : Icon Khabar

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पर्यवेक्षणका लागि निवेदन आह्वान गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै चितवन, बारा र तनहुँमा हुन लागेको उपनिर्वाचन पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थासँग आवश्यक कागजातसहित निवेदन आह्वान गरेको हो ।

निर्वाचन पर्यवेक्षण निर्देशन–२०७९ को अनुसूची–२ अनुसार सात दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts