भक्तपुरमा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुरमा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको समन्वयमा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम मनाइएको छ।

भक्तपुरको टौमढि क्षेत्रमा आज एक कार्यक्रम गरि मनाइएको ६६ औं राष्ट्रिय सहकारी दिवसमा बैंक, वित्तीय संस्थामा जसको धेरै पुँजी हुन्छ त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति एक मतका आधारमा हुने भएकोले बहुमतमा मात्र निर्णय हुन्छ भन्ने कुराको चर्चा भयो।

नेपाल मजदूर किसान पार्टी नेमकिपाका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यतामा मा सम्पन्न भएको सो समरोहमा अध्यक्ष बिजुक्छेंले सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक साँस्कृतीक विकासको लागि खोलिएको हुन्छ तर राज्यका अधिकारीहरु नै स्वार्थबाट प्रेरित भई सहकारी दर्ताको विकृतीले आज सहकारीमा विकृतीहरु बढेको बताए।

उनले भने, “यसको जिम्मा सरकारले लिनुपर्दछ । सहकारी सदस्यको हो । सदस्यबाटै बचत संकलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । सहकारीमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्दछ। ” उनले व्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरी मात्र सदस्य बन्न अनुरोध गरे। सहकारीबाट संकलीत पुँजी कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगी धन्दा चलाउनाले सहकारी बदनाम भइरहेको कुरा बताउदैं त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाहि गर्नु पर्ने विचार राखे । उनले भक्तपुर नमुना जिल्ला भएकोले आसन्न विस्का: जात्रा शान्तिपुर्वक सम्पन्न गरी ऐतिहासिक विस्केट जात्राको महिमा बढाउनुपर्नेमा जोड दिए।

जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले आर्थिक मन्दिका कारण देशमा सहकारी क्षेत्रले ठुलो संकट भोगिरहेको बताए । सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित संचालित सहकारीको विकृतीले सहकारी बदनाम भइरहेको वहाँको भनाइ हो । वहाँले सही सहकारी चिन्नेर मात्र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने विचार राखे।

कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सदस्यको व्यक्तिगत बचत सिमा २५ लाख तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्तावप्रति विरोध जनाएका थिए।

उनले तीन खम्बे अर्थनिीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भिर हुनुपर्ने बताए । सहकारीमा विकृती कहाँबाट कसरी भित्रीयो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसंग पैसा माग्दैमा समस्या समाधान नहुने कुरा बताए । उनले बर्तमान सहकारीको समस्या समाधान गर्न नियमनकारी निकायमा धाउने भन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नु पर्नेमा जोड दिए।

संघका उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पुर्ण सहकारीकर्मीहरुले मनन गर्नुपर्ने विचार राखेका थिए । वहाँले सबै सहकारीकर्मीहरु एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा जोड दिए। कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गरेका थिए । प्रभातफेरी कार्यक्रममा १६२ वटा संस्थाहरुबाट ३५०० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts