सोमबार नेप्से परिसूचक १६.६७ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सोमबार नेप्से परिसूचक १६.६७ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट : Icon Khabar

काठमाडौँ, चैत २० । सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ इण्डेक्स १.०४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज २६० स्टकको २७ हजार ४५४ पटकको कारोबारमा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको २८ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग