सोमबार नेप्से परिसूचक १६.६७ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सोमबार नेप्से परिसूचक १६.६७ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट : Icon Khabar

काठमाडौँ, चैत २० । सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ इण्डेक्स १.०४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा आज २६० स्टकको २७ हजार ४५४ पटकको कारोबारमा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको २८ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू