नेपालद्वारा काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह

नेपालद्वारा काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह : Icon Khabar

काठमाडौं, चैत २० । नेपालले काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । आइतबार तिब्बतको ल्हासामा भएको नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कोभिड–१९ का कारण दुई शहरबीचको हवाई सेवा बन्द रहेको छ । नेपाली पक्षले दुई देशबीचको पर्यटन र व्यापारलाई थप विस्तार गर्नका लागि उडान पुनः सञ्चालन गर्न चीनसँग आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले चीनको नीतिअनुसार नेपालसँग सबै व्यापारिक नाका खोल्न आग्रह गरेकोमा चिनियाँ पक्ष सकारात्मक रहेको बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न अनुरोध गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ’, मन्त्रालयका प्रवक्ता समेत रहेका रेग्मीले भने । ‘विमानस्थलको स्तरोन्नतिको काम चलिरहेको छ र नेपालको अनुरोध अनुसार छिट्टै आवश्यक निर्णय हुन्छ ।”

ल्हासा–काठमाडौं सिधा उडान नभएकाले हाल काठमाडौं–चेङ्दु–ल्हासा र ल्हासा–चेङ्दु–काठमाडौँसम्म हवाई सेवा राउन्डअबाउट रुटमा जोडिएको छ ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै चिनियाँ एयरलाइन्स कम्पनीहरूले जनवरी २०२० देखि विभिन्न देशको उडान बन्द गरेपछि नेपालका लागि उडान पनि रोकिएको थियो । नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन २०२० फागुन २४ गते देशमा लकडाउन लागू गरेदेखि नै उक्त रुट बन्द गरिएको छ ।

कोभिड–१९ महामारीपछि पाँचवटा वायुसेवा कम्पनीले नेपाल र चीन जोड्ने नियमित उडान सुरु गरेका छन् । एयर चाइना र सिचुवान एयरलाइन्सले चेङ्दु-काठमाडौं, चाइना इस्टर्नबाट कुनमिङ, चाइना साउदर्नदेखि ग्वाङ्जाओ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौं जोड्ने ग्रीष्मकालीन समयतालिका स्वीकृत गरेका छन् ।

Published Date: 03 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु