नेपालद्वारा काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह

नेपालद्वारा काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह : Icon Khabar

काठमाडौं, चैत २० । नेपालले काठमाडौं–ल्हासा सीधा उडान सुचारु गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । आइतबार तिब्बतको ल्हासामा भएको नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कोभिड–१९ का कारण दुई शहरबीचको हवाई सेवा बन्द रहेको छ । नेपाली पक्षले दुई देशबीचको पर्यटन र व्यापारलाई थप विस्तार गर्नका लागि उडान पुनः सञ्चालन गर्न चीनसँग आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले चीनको नीतिअनुसार नेपालसँग सबै व्यापारिक नाका खोल्न आग्रह गरेकोमा चिनियाँ पक्ष सकारात्मक रहेको बताए । ‘हामीले हवाई सेवा सुचारु गर्न अनुरोध गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ’, मन्त्रालयका प्रवक्ता समेत रहेका रेग्मीले भने । ‘विमानस्थलको स्तरोन्नतिको काम चलिरहेको छ र नेपालको अनुरोध अनुसार छिट्टै आवश्यक निर्णय हुन्छ ।”

ल्हासा–काठमाडौं सिधा उडान नभएकाले हाल काठमाडौं–चेङ्दु–ल्हासा र ल्हासा–चेङ्दु–काठमाडौँसम्म हवाई सेवा राउन्डअबाउट रुटमा जोडिएको छ ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै चिनियाँ एयरलाइन्स कम्पनीहरूले जनवरी २०२० देखि विभिन्न देशको उडान बन्द गरेपछि नेपालका लागि उडान पनि रोकिएको थियो । नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन २०२० फागुन २४ गते देशमा लकडाउन लागू गरेदेखि नै उक्त रुट बन्द गरिएको छ ।

कोभिड–१९ महामारीपछि पाँचवटा वायुसेवा कम्पनीले नेपाल र चीन जोड्ने नियमित उडान सुरु गरेका छन् । एयर चाइना र सिचुवान एयरलाइन्सले चेङ्दु-काठमाडौं, चाइना इस्टर्नबाट कुनमिङ, चाइना साउदर्नदेखि ग्वाङ्जाओ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौं जोड्ने ग्रीष्मकालीन समयतालिका स्वीकृत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)