कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा छ वटा गाडी जले

कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा छ वटा गाडी जले : Icon Khabar

काठमाडौं, चैत २० । ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा कार, स्कुटर र मोटरसाइकल जलेर नष्ट भएको छ ।

आज बिहान ४ः४० बजे लागेको आगो प्रहरी र अन्यले ५ः१५ बजे नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका सबै गाडीमा क्षति पुगेको ललितपुर प्रहरी परिसरका प्रमुखले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

‘छ वटा गाडी जलेका छन् । तीनवटा मोटरसाइकल, दुई स्कुटर र एउटा मारुती भ्यानमा क्षति पुगेको छ,’ एसएसपी सिद्धिविक्रम शाहले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 03 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु