कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा छ वटा गाडी जले

कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा छ वटा गाडी जले : Icon Khabar

काठमाडौं, चैत २० । ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा कार, स्कुटर र मोटरसाइकल जलेर नष्ट भएको छ ।

आज बिहान ४ः४० बजे लागेको आगो प्रहरी र अन्यले ५ः१५ बजे नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका सबै गाडीमा क्षति पुगेको ललितपुर प्रहरी परिसरका प्रमुखले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

‘छ वटा गाडी जलेका छन् । तीनवटा मोटरसाइकल, दुई स्कुटर र एउटा मारुती भ्यानमा क्षति पुगेको छ,’ एसएसपी सिद्धिविक्रम शाहले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts