मधेश प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना शुरु

मधेश प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना शुरु : Icon Khabar

जनकपुरधाम, चैत १८ । मधेश प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना शुरु भएको छ । परियोजनाले प्रदेश र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनको उपस्थितिमा शुक्रबार पाँचवर्षे आयोजना सुरु भएको घोषणा गरिएको हो ।

दुई करोड अमेरिकी डलरको यो कार्यक्रमले प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने बताइएको छ । यस गतिविधि मार्फत, सरकार र युएसएआइडिले राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापन संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्नेछ।

सो अवसरमा मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारले सुशासन कायम गर्न पहल गरिरहेको बताउँदै यस आयोजनाले आर्थिक अनुशासन कायम राख्न, पारदर्शिता प्रवर्द्धन र प्रदेशलाई समृद्ध बनाउन मद्दत पुग्ने बताए ।

त्यसैगरी मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले मुलुकमा संघीयता कार्यान्वयनका लागि वित्तीय सङ्घीयता आवश्यक रहेको बताए।

नेपालका लागि लस राजदूत थम्पसनले नेताहरू नागरिकप्रति जवाफदेही हुँदा र नागरिकहरूले आफ्ना नेताको उद्देश्य र सीमा बुझ्दा लोकतन्त्रको फड्को मार्ने बताए । पारदर्शिता र बुझाइ कसरी समुदायको पैसा सङ्कलन, लगानी र खर्च गरिन्छ लोकतान्त्रिक समाजको सही कार्यका लागि महत्त्वपूर्ण छ।

कार्यक्रममा बोल्दै युएसएआईडीका नेपाल नियोग निर्देशक सेपिदेह केव्यशादले प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न बजेट विकास र सम्बन्धित गतिविधिले महिला तथा सीमान्तकृत समुदायको आवश्यकतालाई केन्द्रित गर्नुपर्ने बताए ।

परियोजनाले सीप सम्बन्धी तालिम, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

Published Date: 01 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग