गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज

गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज : Icon Khabar

काठमाडौं,चैत १७ । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री श्रेष्ठले कार्यभार सम्हालेपछिको पहिलो निर्णय नै सुराकीका नाममा हुने खर्च प्रणाली खारेज गरिएको बताए । यो विषय अब बस्ने मन्त्रिपरिषदमा पेश गर्नेसमेत उनले जानकारी दिए ।

यस्तै उनले मिटरब्याजी पीडिलाई न्याय दिने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हालेपछि उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेका छन् । आजको यो दोस्रो निर्णयलाई प्रस्ताव स्वरुप आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts