नेपाललाई थ्री नेसन्स कपको उपाधि

नेपाललाई थ्री नेसन्स कपको उपाधि : Icon Khabar

काठमाडौं,चैत १७ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि चुमेको छ । घरेलु मैदानमा फाइनल खेलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालकालागि मनिष डाँगीले निर्णायक गोल गरेको हो । खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए तर खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काएका थिए ।

खेलमा एरिक विष्टको पासमा आयुषले गोल गरेका थिए भने उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गरेर नेपाललाई जित दिलाएका थिए ।

फाइनल खेलमा म्यान अफ द म्याच नेपालका मनिष डाँगी भएको छ । त्यसै सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउने छन् ।

प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन् । विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts