एसइईको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन

एसइईको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन : Icon Khabar

काठमाडौं, चैत १७ । देशभर बिहान ८ बजेदेखि सुरु भएको यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसइई)को पहिलो दिन आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई देशका ७७ वटै जिल्लाका २ हजार ३६ परीक्षा केन्द्र र जापानमा स्थापना गरिएको एउटा केन्द्रमा भएको थियो ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी भएका थिए भने संस्कृत विषयका विद्यार्थीले अनिवार्य संस्कृत भाषा साहित्य र अनिवार्य नेपाली विषयको परीक्षा दिएका थिए ।

एसइईका लागि दर्ता भएका कुल ४८४,२२७ विद्यार्थीमध्ये ५५ दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी हुन मुख्य परीक्षा केन्द्र नजिकै छुट्टै उपकेन्द्र बनाइएको थियो ।

त्यसैगरी विभिन्न कारणले कारागार तथा सुधार गृहमा रहेका विद्यार्थीले पनि आ–आफ्नो ठाउँबाट परीक्षा दिएको श्रेष्ठले जानकारी दिए ।

परीक्षार्थीमा जापानको केन्द्रमा परीक्षामा बसेका १४ जना विद्यार्थी पनि छन् । जापानका विद्यार्थीले जापान सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम पढाउने टोकियोस्थित शैक्षिक संस्थाबाट एसइई लिइरहेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट