एसइईको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन

एसइईको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन : Icon Khabar

काठमाडौं, चैत १७ । देशभर बिहान ८ बजेदेखि सुरु भएको यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसइई)को पहिलो दिन आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई देशका ७७ वटै जिल्लाका २ हजार ३६ परीक्षा केन्द्र र जापानमा स्थापना गरिएको एउटा केन्द्रमा भएको थियो ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी भएका थिए भने संस्कृत विषयका विद्यार्थीले अनिवार्य संस्कृत भाषा साहित्य र अनिवार्य नेपाली विषयको परीक्षा दिएका थिए ।

एसइईका लागि दर्ता भएका कुल ४८४,२२७ विद्यार्थीमध्ये ५५ दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी हुन मुख्य परीक्षा केन्द्र नजिकै छुट्टै उपकेन्द्र बनाइएको थियो ।

त्यसैगरी विभिन्न कारणले कारागार तथा सुधार गृहमा रहेका विद्यार्थीले पनि आ–आफ्नो ठाउँबाट परीक्षा दिएको श्रेष्ठले जानकारी दिए ।

परीक्षार्थीमा जापानको केन्द्रमा परीक्षामा बसेका १४ जना विद्यार्थी पनि छन् । जापानका विद्यार्थीले जापान सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम पढाउने टोकियोस्थित शैक्षिक संस्थाबाट एसइई लिइरहेको श्रेष्ठले जानकारी दिए ।

Published Date: 31 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी