फाइनलमा नेपालको टोलीमा तीन परिवर्तन

फाइनलमा नेपालको टोलीमा तीन परिवर्तन : Icon Khabar

काठमाडौँ, चैत १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट ३ खेलाडी परिवर्तन गरेका छन् ।

पहेंलो कार्डका कारण प्रतिबन्धमा रहेका पुजन उपरकोटीको स्थानमा मणि लामा सुरुवात गर्दैछन् । त्यस्तै भुटानविरुद्ध गोल गरेका दिपक राज सिंह ठकुरीले नवयुग श्रेष्ठको स्थान लिएका छन् । त्यस्तै घाइते अन्जन विष्टको स्थानमा मनिष डाँगी सुरुवात गर्दैछन् ।

यसबाहेक टोलीमा डिफेन्समा कुनै परिवर्तन छैन । गोलरक्षक किरण चेम्जोङसँगै रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र विकास खवासले डिफेन्स सम्हाल्नेछन् । मिडफिल्डमा मणिसँगै नविन लामा र एरिक विष्ट नियमित छन् । दिपक र मनिषसँगै आयुष घलानले आक्रमण सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट