फाइनलमा नेपालको टोलीमा तीन परिवर्तन

फाइनलमा नेपालको टोलीमा तीन परिवर्तन : Icon Khabar

काठमाडौँ, चैत १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट ३ खेलाडी परिवर्तन गरेका छन् ।

पहेंलो कार्डका कारण प्रतिबन्धमा रहेका पुजन उपरकोटीको स्थानमा मणि लामा सुरुवात गर्दैछन् । त्यस्तै भुटानविरुद्ध गोल गरेका दिपक राज सिंह ठकुरीले नवयुग श्रेष्ठको स्थान लिएका छन् । त्यस्तै घाइते अन्जन विष्टको स्थानमा मनिष डाँगी सुरुवात गर्दैछन् ।

यसबाहेक टोलीमा डिफेन्समा कुनै परिवर्तन छैन । गोलरक्षक किरण चेम्जोङसँगै रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र विकास खवासले डिफेन्स सम्हाल्नेछन् । मिडफिल्डमा मणिसँगै नविन लामा र एरिक विष्ट नियमित छन् । दिपक र मनिषसँगै आयुष घलानले आक्रमण सम्हाल्नेछन् ।

Published Date: 31 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी