खानेपानी मन्त्री खानले दिए राजीनामा

खानेपानी मन्त्री खानले दिए राजीनामा : Icon Khabar

काठमाडौँ, चैत १७ । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।सरकारमा चाहेको मन्त्रालय नपाएर असन्तुष्ट बनेका उनले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

सरकारमा सहभागी भएका जनमत पार्टीका खानले सुरुदेखि अन्य मन्त्रालयको माग गरेका थिए । तर, उनलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालय दिएपछि रुष्ट बनेका थिए ।

शुक्रबार विस्तार गर्न लागिएको मन्त्रिमण्डलमा समेत आफूलाई उद्योग मन्त्रालय दिनुपर्ने माग गरेका उनले साेही मन्त्रालय नपाएपछि असन्तुष्ट भएर राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts