हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा

हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा : Icon Khabar

काठमाडौँ, चैत १७ । हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रुलाई कारबाही गरिएको छ । बिहीबार काठमाडौंदेखि दोहा उडेको एच९–५६३ उडान नम्बरको विमानमा २ एयरहोस्टेज महिला तथा एक पुरुष फ्लाइट एटेन्डेन्टले टिकटक बनाएको भेटिएपछि उनीहरु निलम्बनमा परेका हुन् ।

उक्त टिकटक भिडियोमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको विमानमा तीन जना फ्लाइट एटेन्डेन्टले रमाइरहेका देखिन्छन् । पछिल्लाे समय टिकटकमा केहि विमान चालक तथा परिचारिकाहरू भाइरल भइरहेका छन् । भाइरल हुनकालागि नै उनीहरू टिकटकमा विभिन्न माेरञ्जनात्मक भिडियाे बनाउने गरेका छन् ।

Published Date: 31 March 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता