हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा

हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा : Icon Khabar

काठमाडौँ, चैत १७ । हवाई उडानका क्रममा टिकटक भिडियो बनाएका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रुलाई कारबाही गरिएको छ । बिहीबार काठमाडौंदेखि दोहा उडेको एच९–५६३ उडान नम्बरको विमानमा २ एयरहोस्टेज महिला तथा एक पुरुष फ्लाइट एटेन्डेन्टले टिकटक बनाएको भेटिएपछि उनीहरु निलम्बनमा परेका हुन् ।

उक्त टिकटक भिडियोमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको विमानमा तीन जना फ्लाइट एटेन्डेन्टले रमाइरहेका देखिन्छन् । पछिल्लाे समय टिकटकमा केहि विमान चालक तथा परिचारिकाहरू भाइरल भइरहेका छन् । भाइरल हुनकालागि नै उनीहरू टिकटकमा विभिन्न माेरञ्जनात्मक भिडियाे बनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts