मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, नयाँ मन्त्रीकाे सपथ आजै

मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, नयाँ मन्त्रीकाे सपथ आजै : Icon Khabar

काठमाडौं, चैत १६ । प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन्। बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो।

जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहीबार अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो।

बालुवाटारमा बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन्।

जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ।

सो सहमति पछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ।

तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीनवटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीनवटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन्।

उता, प्रचण्ड नेतृत्वको सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने बिहीबारर नै निर्णय लिने गरी बैठक बाेलाएका छन्।
नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन्।

कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् । यसैगरी धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, एनपी साउद, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् ।

यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।

यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी  सर्वेन्द्रनाथ शुक्लकाे नाम मन्त्री बन्नेमा चर्चामा छ । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्दै छिन्।

यस्तै, जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खान हाल सरकारमा खानेपानीमन्त्री छन्। उनको जिम्मेवारी हेरफेर हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts