भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल फाइनलमा प्रवेश

भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल फाइनलमा प्रवेश : Icon Khabar

काठमाडौं, चैत १४ । अन्तिम समयमा दिपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल भुटानसँग बराबरी खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । भुटानविरुद्ध १-१ को बराबर खेल्दै नेपाल हारबाट जोगिएको हो ।

दशरथ रंगशालामा फितलो प्रदर्शन गर्दै हारतर्फ उन्मुख देखिएको नेपाली टोलीले अन्तिम समयमा गोल गरेको हो । त्यसअघि पहिलो हाफमा भुटानले पहिलो हाफमा अग्रता लिएको थियो ।

खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो । २९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले सेकेन्ड बारमा हेड गर्दा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।

दोस्रो हाफको सुरुवातमा प्रशिक्षक अनेसेले नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगीलाई मैदान पठाए । तर खेल सुचारु भएको दोस्रो मिनेटमै अन्जन विष्ट गोलरक्षकसँग जुध्दा घाइते हुँदै मैदान छाड्न बाध्य भए । उनको स्थान दिपक राज सिंह ठकुरीले लिए ।

७० औं मिनेटमा दिपकको पेनाल्टी क्षेत्र भित्रको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै काउन्टर अट्याकमा मनिषले बल नियन्त्रण गर्न नसक्दा २ भर्सेस २ को अवस्थामा नेपालले फाइदा लिन सकेन ।

७८ औं मिनेटमा मनिषले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । ८३ औं मिनेटमा सनिशको क्रसमा आयुषको हेडर फितलो रहयो ।

९० औं मिनेटमा दिपकले नेपालका लागि बराबरी गोल गरे । निशान खड्काको कर्नरमा अनन्त तामाङले दिएको हेडरलाई दिपकले खाली पोस्टमा गोल गरेका थिए ।

यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भयो । भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरियो ।

Published Date: 28 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु