कोरोना सङ्क्रमण बढ्न थालेसँगै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण बढ्न थालेसँगै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयको आग्रह : Icon Khabar

काठमाडौं, चैत १४ । शून्यमा झरेको कोरोना सङ्क्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका हुन्।

मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न थालेको हो। विभिन्न नाकाबाट आवत जावत हुँदा संक्रमितको संख्या बढेको सह–प्रवक्ता अधिकारीको भनाइ छ।

सोमबार १२ सय ६६ जनामा परीक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ।

आफू र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा सबुनपानी हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुउँ गर्दा रुमाल प्रयोग गर्न सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts