सोमबार बढेर बन्द भएको नेप्से मंगलबार पनि १२.१० अंकले बढ्यो

सोमबार बढेर बन्द भएको नेप्से मंगलबार पनि १२.१० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १४ । सोमबार बढेर बन्द भएको नेप्सेले मंगलबार पनि सोही गतिलाई निरन्तरता दिएको छ।

मंगलबार नेप्से परिसूचक १२.१० अंक बढेर १९१८.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ३५ हजार ९२६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको ४० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Published Date: 28 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग