सोमबार बढेर बन्द भएको नेप्से मंगलबार पनि १२.१० अंकले बढ्यो

सोमबार बढेर बन्द भएको नेप्से मंगलबार पनि १२.१० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १४ । सोमबार बढेर बन्द भएको नेप्सेले मंगलबार पनि सोही गतिलाई निरन्तरता दिएको छ।

मंगलबार नेप्से परिसूचक १२.१० अंक बढेर १९१८.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ३५ हजार ९२६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको ४० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts