अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित

भारतको सेयर बजार पुँजीकरण ९ महिनापछि पुनः ३० खर्ब डलर तल झर्यो

अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित : Icon Khabar

काठमाडौं, चैत १३ । भारतको सेयर बजार पुँजीकरण ९ महिनापछि पुनः ३० खर्ब डलर तल आएको छ । पछिल्लो समय अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित बन्न पुगेको हो ।

यसअघि, सन् २०२२ जुन २३ मा भारतीय सेयर बजार पुँजीकरण ३० खर्ब डलरमा झरेको थियो । त्यसपछि क्रमशः सुधार भएको बजार पुँजीकरण पुनः घटेको हो ।

गत नोभेम्बरमा भारतीय सेयर बजार पुँजीकरण ३५ खर्ब डलर पुगेको थियो । डिसेम्बरयता, सेयर बजार सूचक ‘निफ्टी ५०’ १,८२९ अंक अर्थात् ९.७२% र सेन्सेक्स ५,७०४ अंक अर्थात ९% ले घटेका छन् ।

अमेरिकी सर्ट सेलर हिन्डेनबर्गले अडानी समूह विरुद्ध रिपोर्ट सार्वजनिक गरेपछि भारतीय सेयर बजार पुँजीकरण प्रभावित बन्न थालेको थियो । यसबीच, भारतसँगै विश्वभरको सेयर बजार बैंकिङ संकटका कारण प्रभावित भयो ।

यससँगै, सबैभन्दा धेरै सेयर बजार पुँजीकरण भएका देशहरुमध्ये भारत पाँचौं स्थानबाट झरेर छैटौं स्थानमा आएको छ ।

Published Date: 27 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग