अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित

भारतको सेयर बजार पुँजीकरण ९ महिनापछि पुनः ३० खर्ब डलर तल झर्यो

अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित : Icon Khabar

काठमाडौं, चैत १३ । भारतको सेयर बजार पुँजीकरण ९ महिनापछि पुनः ३० खर्ब डलर तल आएको छ । पछिल्लो समय अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित बन्न पुगेको हो ।

यसअघि, सन् २०२२ जुन २३ मा भारतीय सेयर बजार पुँजीकरण ३० खर्ब डलरमा झरेको थियो । त्यसपछि क्रमशः सुधार भएको बजार पुँजीकरण पुनः घटेको हो ।

गत नोभेम्बरमा भारतीय सेयर बजार पुँजीकरण ३५ खर्ब डलर पुगेको थियो । डिसेम्बरयता, सेयर बजार सूचक ‘निफ्टी ५०’ १,८२९ अंक अर्थात् ९.७२% र सेन्सेक्स ५,७०४ अंक अर्थात ९% ले घटेका छन् ।

अमेरिकी सर्ट सेलर हिन्डेनबर्गले अडानी समूह विरुद्ध रिपोर्ट सार्वजनिक गरेपछि भारतीय सेयर बजार पुँजीकरण प्रभावित बन्न थालेको थियो । यसबीच, भारतसँगै विश्वभरको सेयर बजार बैंकिङ संकटका कारण प्रभावित भयो ।

यससँगै, सबैभन्दा धेरै सेयर बजार पुँजीकरण भएका देशहरुमध्ये भारत पाँचौं स्थानबाट झरेर छैटौं स्थानमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न