नेपाली भाषाको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने : मन्त्री श्रेष्ठ

नेपाली भाषाको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने : मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौं, चैत १३ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनमा नेपाली भाषा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्ययोजना अघि बढाइएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यसका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

यसबारे प्रधानमन्त्रीसँग पनि छलफल भएको र यो कार्ययोजनाअनुसार कामलाई तीव्रता दिइएको उनले बताए ।
“यहाँ अनौठो छ, इम्बोस्ड नम्बर प्लेट पढ्ने प्रविधि छैन,” उनले भने।

मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लिने शुल्क घटाउन गृहकार्य भइरहेको बताए । एजेन्सीबाट प्राप्त रकमअनुसार शुल्क लिनुपर्ने उनको भनाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने शुल्क घटाउन सकिने विषयमा छलफल भएको छ,’ उनले भने । मन्त्री श्रेष्ठले सवारीसाधनको फिटनेस परीक्षण र हरियो स्टिकरका लागि लाइनमा उभिनुपर्ने अवस्था हटाउने व्यवस्था मिलाइएको पनि बताए । यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)