नेपाली भाषाको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने : मन्त्री श्रेष्ठ

नेपाली भाषाको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने : मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौं, चैत १३ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनमा नेपाली भाषा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्ययोजना अघि बढाइएको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यसका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

यसबारे प्रधानमन्त्रीसँग पनि छलफल भएको र यो कार्ययोजनाअनुसार कामलाई तीव्रता दिइएको उनले बताए ।
“यहाँ अनौठो छ, इम्बोस्ड नम्बर प्लेट पढ्ने प्रविधि छैन,” उनले भने।

मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लिने शुल्क घटाउन गृहकार्य भइरहेको बताए । एजेन्सीबाट प्राप्त रकमअनुसार शुल्क लिनुपर्ने उनको भनाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने शुल्क घटाउन सकिने विषयमा छलफल भएको छ,’ उनले भने । मन्त्री श्रेष्ठले सवारीसाधनको फिटनेस परीक्षण र हरियो स्टिकरका लागि लाइनमा उभिनुपर्ने अवस्था हटाउने व्यवस्था मिलाइएको पनि बताए । यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले बताए ।

Published Date: 27 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी