सोमबार नेप्से परिसूचक १७.७० अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

सोमबार नेप्से परिसूचक १७.७० अंकले बढ्दा कारोबार रकम पनि बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १३ । सोमबार नेप्से परिसूचक १७.७० अंक बढेर १९०६.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार २६१ स्टकको ३६ हजार ९८० पटकको कारोबारमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित