रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित

रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित : Icon Khabar

काठमाडौँ, चैत १३ । भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको अर्काे उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।

पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । लक्जेमवर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए ।

१५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको क्रस पासलाई उनले हेडरमार्फत फारपोस्टमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे ।

३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् ।

७७औं मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औं मिनेटमा फेलिक्सको स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियो पासमा गोल गर्न सफल भए ।

८५औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि ८९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए । लियो ७५औं मिनेटमा ब्रुनो फर्नान्डेसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ । पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ । –एजेन्सी

Published Date: 27 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी