नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन

नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन : Icon Khabar

काठमाडौँ, चैत १२ । उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

गत शुक्रवार क्वालालम्पुरबाट काठमाण्डू आउँदै गरेको नेपाल अयरलाइन्सको जहाजमा अचानक अर्को जहाज नजिक आएको खतराको सूचना प्रवाह भएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार काठमाण्डूमा अवतरणका लागि तयारी गरिरहेको नेपाल एअरलाइन्सको जहाजमा जोखिम हुने गरी एअर इन्डियाको जहाज नजिक आएको थियो।

“नेपाल एअरलाइन्सको विमान १५,००० फिट माथि उडिरहेको बेला १९,००० फिटमा उडिरहेको एअर इन्डियाको जहाजले एक्कासि उचाइ कम गरेर नेपाल एअरलाइन्सको निकट आएको पाइएपछि छानबिन समिति गठन गरिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

 

Published Date: 26 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी