यी बलिउड हिन्दु कलाकार हुन् जो मुस्लिम चरित्रमा पनि फिट भए

यी बलिउड हिन्दु कलाकार हुन् जो मुस्लिम चरित्रमा पनि फिट भए : Icon Khabar

मुम्बई, चैत १२ । फिल्ममा अभिनय गर्ने कलाकारले कथाको माग अनुसार हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने क्षमता हुनु अति नै आवश्यक हुन्छ ।

फिल्ममा हरेक किसिमको भूमिका र पात्रलाई कथा अनुसार जुन कलाकारले ढाल्न सक्दैन, उसले गरेको अभिनय नौटंंकी जस्तो देखिन्छ । फिल्ममा दिइएको भूमिकामा जुन कलाकार बाँच्न सक्छ, जुन पात्रलाई वास्तविक रुपमा ढाल्न सक्छ, त्यहि कलाकार नै वास्तविक कलाकार मानिन्छ । बलिउडका त्यस्ता केहि कलाकार छन्, जसले आफु हिन्दु भएर पनि फिल्ममा मुसलमानको भूमिका निर्वाह गरेका छन् ।

काजोल

बलिउडमा आफ्नो अभिनयले करोडौं दर्शकको मन जित्न सफल अभिनेत्री हुन् काजोल । काजोलले आमिर खानसंग फिल्म ‘फना’ मा मुसलमान युवतीको भूमिका निर्वाह गरेर दर्शकको मन जितेकी थिइन् ।

मनोज बाजपेयी

मनोज बाजपेयी, जसलाई कुशल अभिनेताको रुपमा चिनिन्छ । मनोज बाजपेयीले
‘ग्याङ्स अफ वासेपुर’ मा सरदार खानको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

सिद्धार्थ मल्होत्रा

छोटो समयमा नै आफ्नो परिचय बनाउन सफल अभिनेता सिद्धार्थ मल्होत्राले पनि मुसलमानको भूमिका निर्वाह गरेका छन् । उनले भर्खरै प्रदर्शनमा आएको फिल्म ‘मिशन मजनू’ मा उनी हिन्दू र मुस्लिम दुवै भूमिकामा देखिएका थिए ।

अमिताभ बच्चन

अमिताभ बच्चनले फिल्ममा हरेक किसिमको भूमिका निर्वाह गरेका छन् । उनले फिल्म ‘खुदा गवाह’ मा बादशाह खानको भूमिका निर्वाह गरेका थिए ।

आर माधवन

आर माधवनको अभिनय मन नपराउने कमै होलान् । माधवनले पनि फिल्म थ्रि इडियट्समा आमिर खानका साथी परहान कुरेशीको भूमिका निभाएका थिए ।

अजय देवगन

आफ्नो कुशल अभिनयका कारण अहिले पनि उत्तिकै व्यस्त बनेका अजय देवगनले वन्स अपन अ टाइम इन मुम्बईमा सुल्तान मिर्जाको भूमिका निर्वाह गरेका थिए ।

Published Date: 26 March 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग