यी बलिउड हिन्दु कलाकार हुन् जो मुस्लिम चरित्रमा पनि फिट भए

यी बलिउड हिन्दु कलाकार हुन् जो मुस्लिम चरित्रमा पनि फिट भए : Icon Khabar

मुम्बई, चैत १२ । फिल्ममा अभिनय गर्ने कलाकारले कथाको माग अनुसार हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने क्षमता हुनु अति नै आवश्यक हुन्छ ।

फिल्ममा हरेक किसिमको भूमिका र पात्रलाई कथा अनुसार जुन कलाकारले ढाल्न सक्दैन, उसले गरेको अभिनय नौटंंकी जस्तो देखिन्छ । फिल्ममा दिइएको भूमिकामा जुन कलाकार बाँच्न सक्छ, जुन पात्रलाई वास्तविक रुपमा ढाल्न सक्छ, त्यहि कलाकार नै वास्तविक कलाकार मानिन्छ । बलिउडका त्यस्ता केहि कलाकार छन्, जसले आफु हिन्दु भएर पनि फिल्ममा मुसलमानको भूमिका निर्वाह गरेका छन् ।

काजोल

बलिउडमा आफ्नो अभिनयले करोडौं दर्शकको मन जित्न सफल अभिनेत्री हुन् काजोल । काजोलले आमिर खानसंग फिल्म ‘फना’ मा मुसलमान युवतीको भूमिका निर्वाह गरेर दर्शकको मन जितेकी थिइन् ।

मनोज बाजपेयी

मनोज बाजपेयी, जसलाई कुशल अभिनेताको रुपमा चिनिन्छ । मनोज बाजपेयीले
‘ग्याङ्स अफ वासेपुर’ मा सरदार खानको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

सिद्धार्थ मल्होत्रा

छोटो समयमा नै आफ्नो परिचय बनाउन सफल अभिनेता सिद्धार्थ मल्होत्राले पनि मुसलमानको भूमिका निर्वाह गरेका छन् । उनले भर्खरै प्रदर्शनमा आएको फिल्म ‘मिशन मजनू’ मा उनी हिन्दू र मुस्लिम दुवै भूमिकामा देखिएका थिए ।

अमिताभ बच्चन

अमिताभ बच्चनले फिल्ममा हरेक किसिमको भूमिका निर्वाह गरेका छन् । उनले फिल्म ‘खुदा गवाह’ मा बादशाह खानको भूमिका निर्वाह गरेका थिए ।

आर माधवन

आर माधवनको अभिनय मन नपराउने कमै होलान् । माधवनले पनि फिल्म थ्रि इडियट्समा आमिर खानका साथी परहान कुरेशीको भूमिका निभाएका थिए ।

अजय देवगन

आफ्नो कुशल अभिनयका कारण अहिले पनि उत्तिकै व्यस्त बनेका अजय देवगनले वन्स अपन अ टाइम इन मुम्बईमा सुल्तान मिर्जाको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts