प्रहरी संगठनको आन्तरिक सुदृढीकरण मेरो प्राथमिकता: नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर

प्रहरी संगठनको आन्तरिक सुदृढीकरण मेरो प्राथमिकता: नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर : Icon Khabar

काठमाडौं, चैत १२ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको ब्याज लगाएपछि उनले प्रहरीमा सुधार गर्नुपर्नेमा जोड दिए । ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो प्रतिबद्धता हो । म यसबाट विचलित हुने छैन,’ कुँवरले भने ।

उनले प्रहरी प्रशासन सुधारका लागि दिन गन्ने सुअवसर नरहेको समेत बताए । ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनु पर्दैन । म यी पक्षलाई लुकाएर र दबाएर प्रहरी सुधार गर्ने पक्षमा छैन । प्रहरीमा सुधार आवश्यक छ, उनले भने, ‘अब त्यसका लागि कुनै बहाना छैन ।

उनले अपराध रोकथाम र अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्य गरी देशको आन्तरिक सुरक्षा सुदृढ गर्न सक्रिय रहने बताए ।

Published Date: 26 March 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग