प्रहरी संगठनको आन्तरिक सुदृढीकरण मेरो प्राथमिकता: नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर

प्रहरी संगठनको आन्तरिक सुदृढीकरण मेरो प्राथमिकता: नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर : Icon Khabar

काठमाडौं, चैत १२ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको ब्याज लगाएपछि उनले प्रहरीमा सुधार गर्नुपर्नेमा जोड दिए । ‘प्रहरीको आन्तरिक सुदृढीकरण मेरो प्रतिबद्धता हो । म यसबाट विचलित हुने छैन,’ कुँवरले भने ।

उनले प्रहरी प्रशासन सुधारका लागि दिन गन्ने सुअवसर नरहेको समेत बताए । ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनु पर्दैन । म यी पक्षलाई लुकाएर र दबाएर प्रहरी सुधार गर्ने पक्षमा छैन । प्रहरीमा सुधार आवश्यक छ, उनले भने, ‘अब त्यसका लागि कुनै बहाना छैन ।

उनले अपराध रोकथाम र अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्य गरी देशको आन्तरिक सुरक्षा सुदृढ गर्न सक्रिय रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)