बुक क्लब भक्तपुरको आयोजनामा “आमा” उपन्यासमाथि अन्तरसंवाद सम्पन

बुक क्लब भक्तपुरको आयोजनामा “आमा” उपन्यासमाथि अन्तरसंवाद सम्पन : Icon Khabar

भक्तपुर, चैत ११ । शुक्रवार बुक क्लब भक्तपुरको आयोजनामा साहित्यकार अभय श्रेष्ठसँग विश्व प्रसिद्ध “आमा” उपन्यासमाथि अन्तरसंवाद सम्पन भयो ।

पठन संस्कृतिलाई प्रवर्द्धन र बौद्धिक मन्थनलाई अभिवृद्धि गर्ने उद्देश्यसहित “भक्तपुर बुक क्लब ” ले यस्ता अन्तरसंवाद कार्यक्रम मासिक रुपमा गर्दै आएको छ ।

विश्व प्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीको १५५ औं जन्मजयन्तिको पूर्वसन्ध्यामा ख्वप छें, खौमा भक्तपुरमा आयोजित उक्त कार्यक्रममा प्रस्तोता ई. नीरज लावजुका प्रश्नहरूको सामना गर्दै लेखक श्रेष्ठले म्याक्सिम गोर्कीको लेखकीय इतिहास, आमा उपन्यासको घटनाक्रम र वैचारिक पक्ष, पात्रहरूको भूमिका र त्यसको रुसी क्रान्तिमा पारेको प्रभाव बारे बोलेका थिए । छलफलकै सन्दर्भमा गोर्कीका अन्य कृतिहरू र अरु रुसी साहित्यकारहरूका बारे पनि विवेचना गरियो ।

उपन्यास सम्बन्धि टिप्पणी गर्दै ई. राम विन्दु श्रेष्ठले आफूले उपन्यास चालीस वर्षअघि पढेको तर अहिले पढ्दा यौटा निष्क्रिय दुःखी ‘आमा’ कसरी सक्रिय सामाजिक अभियन्तामा र थुप्रै परिवर्तनकारी युवाहरूको “आमा” मा रुपान्तरित भइन् भन्ने गोर्कीको लेखकीय खूबी र स्वभाविक वर्णनबाट आफू प्रभावित भएको बताएका थिए । उनले गोर्कीको सम्मानमा पूर्व सोभियत संघका प्रायः शहरका ठूला पार्कहरूको नाम “ गोर्की पार्क ” हुने गरेको र राजनैतिक परिवर्तनले थुप्रै कुराहरूमा हेरफेर भएपनि ती नामहरू अद्यापि गोर्कीकै नाममा रहेको भनेका थिए ।

 

कार्यक्रमका अर्का वक्ता साहित्यकार सुशील कुमार गौतमले रुसी समाज परिवर्तनमा र सोभियत समाजवादको निर्माणमा ‘आमा’ कृतिको अहम भूमिका रहेको बताएका थिए ।

बुक क्लब भक्तपुरका अध्यक्ष ई. दिनेश प्रधान कार्यक्रमका संयोजक रहेको उक्त कार्यक्रममा स्थानीय योमरी र चियापानका साथ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2023
Website | + posts