स्टेफेनको ह्याट्रिकमा स्वीट्जरल्यान्डको सानदार जित

स्टेफेनको ह्याट्रिकमा स्वीट्जरल्यान्डको सानदार जित : Icon Khabar

काठमाडौँ, चैत १२ । विंगर रेनाटो स्टेफेनको ह्याट्रिक सहयोगमा स्वीट्जरल्यान्ड युरो २०२४ को छनोटमा सानदार जित निकालेको छ ।

स्वीट्जरल्यान्डले बेलारुसमाथि ५–० को फराकिलो जित निकालेको हो । ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक गोल गरे । नोभी स्याड सर्वियामा शनिबार राति गोलको वर्षाको भएको खेलमा रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

चौथो मिनेटमा पहिलो गोल गरेका स्टेफेनले १७औं र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । रेनाटोले तेस्रो गोल रिकार्डाे रोड्रिग्वेजको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि स्वीट्जरल्यान्डले दोस्रो हाफमा दुई गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो । ६२औं मिनेटमा ग्रानिटले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–० को अग्रता दिलाए । उनले नोआ ओकाफोरको पासमा गोल गरेका थिए ।

त्यसपछि ६५औं मिनेटमा जेकीले गोल गर्दै स्वीट्जरल्यान्डको फराकिलो जित पक्का गरे । उनले ग्रानिट झाँकाको पासलाई सदुपयोग गरे । यस जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आईं’ मा ३ अंक जोडेको छ । बेलारुस अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहका अर्काे खेलमा रोमानियाले एन्डोरालाई २–० ले पराजित गर्दा इजरायल र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न