स्टेफेनको ह्याट्रिकमा स्वीट्जरल्यान्डको सानदार जित

स्टेफेनको ह्याट्रिकमा स्वीट्जरल्यान्डको सानदार जित : Icon Khabar

काठमाडौँ, चैत १२ । विंगर रेनाटो स्टेफेनको ह्याट्रिक सहयोगमा स्वीट्जरल्यान्ड युरो २०२४ को छनोटमा सानदार जित निकालेको छ ।

स्वीट्जरल्यान्डले बेलारुसमाथि ५–० को फराकिलो जित निकालेको हो । ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक गोल गरे । नोभी स्याड सर्वियामा शनिबार राति गोलको वर्षाको भएको खेलमा रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

चौथो मिनेटमा पहिलो गोल गरेका स्टेफेनले १७औं र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । रेनाटोले तेस्रो गोल रिकार्डाे रोड्रिग्वेजको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि स्वीट्जरल्यान्डले दोस्रो हाफमा दुई गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो । ६२औं मिनेटमा ग्रानिटले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–० को अग्रता दिलाए । उनले नोआ ओकाफोरको पासमा गोल गरेका थिए ।

त्यसपछि ६५औं मिनेटमा जेकीले गोल गर्दै स्वीट्जरल्यान्डको फराकिलो जित पक्का गरे । उनले ग्रानिट झाँकाको पासलाई सदुपयोग गरे । यस जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आईं’ मा ३ अंक जोडेको छ । बेलारुस अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहका अर्काे खेलमा रोमानियाले एन्डोरालाई २–० ले पराजित गर्दा इजरायल र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । –एजेन्सी

Published Date: 26 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग