भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशुल डाँडा ( फोटो फिचर )

भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशुल डाँडा ( फोटो फिचर ) : Icon Khabar

भक्तपुर, चैत ११ । त्रिशूल डाँडा भक्तपुरको उदयमान गन्तव्य मध्येको एक हो । भक्तपुरको उत्तरी पहाडमा रहेको चाँगुनारायण मन्दिरलाई झल्काउने पहाडस्थल भए पनि पर्यटकीय गन्तव्यको रुपमा उदय भएको ऐतिहासिक र धार्मिक महत्व रहेको छ ।

स्थान अलि अलि उचाइमा छ त्यसैले यसले हिमालय र भक्तपुर नगर, क्रमशः उत्तर र दक्षिण दुवैको राम्रो दृश्य प्रदान गर्दछ। यहाँबाट काठमाडौं उपत्यका, नगरकोट, साँखु, शिवपुरी, लाङटाङलगायतका करिब २० वटा हिमालको मनोरम दृश्य देख्न सकिन्छ।

त्रिशुलडाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निमार्णको चरणमा रहेको छ । पर्यटकीय पूर्वाधारको विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके यस क्षेत्र पनि उत्कृष्ट धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेमा कुनै दुई मत नरहेको स्थानीयको भनाइ छ ।

 

Published Date: 25 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग