भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशुल डाँडा ( फोटो फिचर )

भक्तपुरको उत्तरी भेगमा अवस्थित त्रिशुल डाँडा ( फोटो फिचर ) : Icon Khabar

भक्तपुर, चैत ११ । त्रिशूल डाँडा भक्तपुरको उदयमान गन्तव्य मध्येको एक हो । भक्तपुरको उत्तरी पहाडमा रहेको चाँगुनारायण मन्दिरलाई झल्काउने पहाडस्थल भए पनि पर्यटकीय गन्तव्यको रुपमा उदय भएको ऐतिहासिक र धार्मिक महत्व रहेको छ ।

स्थान अलि अलि उचाइमा छ त्यसैले यसले हिमालय र भक्तपुर नगर, क्रमशः उत्तर र दक्षिण दुवैको राम्रो दृश्य प्रदान गर्दछ। यहाँबाट काठमाडौं उपत्यका, नगरकोट, साँखु, शिवपुरी, लाङटाङलगायतका करिब २० वटा हिमालको मनोरम दृश्य देख्न सकिन्छ।

त्रिशुलडाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निमार्णको चरणमा रहेको छ । पर्यटकीय पूर्वाधारको विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके यस क्षेत्र पनि उत्कृष्ट धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेमा कुनै दुई मत नरहेको स्थानीयको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
0
+1
0
Published Date: 25 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)