भक्तपुरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भक्तपुरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । नयाँवर्ष २०८० सालको अवसर पारेर उक्त महोत्सव आयोजना गर्न लागेको हो।

बिगत ९ वर्ष देखि औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा संचालन हुँदै आएको छ । सो महोत्सव आगामी चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म संचालन हुने महोत्सवका संयोजक दीपक थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको बताए ।

भक्तपुरको सल्लाघारीस्थित ९९ सय रोपनी जग्गामा महोत्सव हुने जनाएको छ। उक्त महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् । मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडा तथा जुत्ताहरुका स्टलहरु हुनेछन् ।

महोत्सवमा कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने पनि रहेने छ । साथै अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् ।

महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरेको आयोजकले बताए । महोत्सवमा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट हुने जनाएको छ।

आयोजकका अनुसार महोत्सवमा दैनिक बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । साथै हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना हुनेछ ।

महोत्सवमा प्रवेश शुल्क रु. ५० र ७० रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । साथै बैशाख ४ गते भने विशेष सांस्कृति कार्यक्रम हुने सो कार्यक्रमकमा टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिने अपेक्षा गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2023
Website | + posts