आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा तीन नेपाली पाइलट ग्राउण्डेड

आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा तीन नेपाली पाइलट ग्राउण्डेड : Icon Khabar

काठमाडौं, चैत १० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा एक पाइलटलाई कारबाही गरेको छ ।

अन्नपूर्ण हेलिकप्टरका पाइलटले काठमाडौं–लुक्ला उडानका क्रममा एटिसीमा अश्लील शब्द प्रहार गरेको भेटिएपछि ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

“अन्नपूर्ण हेलिकप्टरका पाइलटलाई मार्च २१, २०२३ मा काठमाडौं-लुक्ला उडानको क्रममा एटीसीहरूसँग गलत सञ्चार गरेको कारण ग्राउन्ड गरिएको थियो,” उनले भने।

त्यस्तै अन्य दुई हेलिकप्टर कम्पनी (एयर डाइनेस्टी र फिस्टेल एयर)का पाइलटलाई पनि उड्डयन सुरक्षा निर्देशिका उल्लङ्घन गरेको भन्दै ग्राउण्डेड गरिएको छ । प्रश्नमा रहेका तीनै पाइलटलाई अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न