आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा तीन नेपाली पाइलट ग्राउण्डेड

आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा तीन नेपाली पाइलट ग्राउण्डेड : Icon Khabar

काठमाडौं, चैत १० । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आपत्तिजनक शब्द प्रहार गरेको आरोपमा एक पाइलटलाई कारबाही गरेको छ ।

अन्नपूर्ण हेलिकप्टरका पाइलटले काठमाडौं–लुक्ला उडानका क्रममा एटिसीमा अश्लील शब्द प्रहार गरेको भेटिएपछि ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

“अन्नपूर्ण हेलिकप्टरका पाइलटलाई मार्च २१, २०२३ मा काठमाडौं-लुक्ला उडानको क्रममा एटीसीहरूसँग गलत सञ्चार गरेको कारण ग्राउन्ड गरिएको थियो,” उनले भने।

त्यस्तै अन्य दुई हेलिकप्टर कम्पनी (एयर डाइनेस्टी र फिस्टेल एयर)का पाइलटलाई पनि उड्डयन सुरक्षा निर्देशिका उल्लङ्घन गरेको भन्दै ग्राउण्डेड गरिएको छ । प्रश्नमा रहेका तीनै पाइलटलाई अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइने उनले बताए।

Published Date: 24 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी