मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित : Icon Khabar

काठमाडौँ, चैत १० । कप्तान लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले पानमामाथि २–० को सहज जित हात पारेको हो । एक गोल युवा मिडफिल्डर थियागो अल्माडाको नाममा रह्यो ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।

७८औं मिनेटमा परिवर्तित खेलाडी अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ४६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान छिरेका अल्माडाले मेस्सीको फ्रिकिक क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा लियान्द्रो पारेडेसले भली प्रहार मिस गर्दा उनले गोल गर्न सफल भएका थिए ।

दुई फ्रिकिक क्रसबारमा लाग्दै फर्किएपनि मेस्सीले ८९औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यस गोलसँगै मेस्सीले व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।  – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts