मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको जित : Icon Khabar

काठमाडौँ, चैत १० । कप्तान लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले पानमामाथि २–० को सहज जित हात पारेको हो । एक गोल युवा मिडफिल्डर थियागो अल्माडाको नाममा रह्यो ।

ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।

७८औं मिनेटमा परिवर्तित खेलाडी अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ४६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान छिरेका अल्माडाले मेस्सीको फ्रिकिक क्रसबारमा लाग्दै रिवाउन्ड हुँदा लियान्द्रो पारेडेसले भली प्रहार मिस गर्दा उनले गोल गर्न सफल भएका थिए ।

दुई फ्रिकिक क्रसबारमा लाग्दै फर्किएपनि मेस्सीले ८९औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यस गोलसँगै मेस्सीले व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।  – एजेन्सी

Published Date: 24 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग